logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माघ ८ सम्म ज्ञानेन्द्र नबोल्ने


  • जन आकाश
  • आइतबार, जेष्ठ २८ २०७४

काठमाठौं । पूर्वराजा ज्ञानेन्द्र माघ ८ गतेसम्म नबोल्ने भएका छन् । संसद्को आयु माघ ८ गतेसम्म भएकाले त्यसपछि मात्र उनी बोल्ने भएका हुन् ।
माघ ८ गतेसम्म संविधान कार्यान्वयन हुनेमा शंका देखेका ज्ञानेन्द्रले अहिले आन्तरिक तयारी गर्दै गरेका छन् । ‘अहिले नै बोल्ने समय भएको छैन, संविधान कार्यान्वयन नभएपछि २०४७ सालको संविधान लागु हुन्छ त्यसपछि कसैले नचाहे पनि राजसंस्था स्वतः फर्कन्छ’ समाचार स्रोतले भन्यो– ‘माघ ८ गतेसम्म गणतन्त्रवादीको समय भएकाले पनि राजसंस्थाले त्यसअघि नै बोल्नु उपयुक्त नभएकाले चुपचाप लागेको हो ।’ ज्ञानेन्द्र अहिले आन्तरिक तयारीमा लागेको र आवश्यक परेका
बेला एकैपटक शक्ति प्रदर्शन गर्ने दाउमा छन् । भर्खरैमात्र कुलपूजा गरेर काठमाडौं फर्केका ज्ञानेन्द्रले असार १४ गते हुने स्थानीय तहको दोश्रो निर्वाचनलाई पनि नजिकबाट नियाल्ने भएका छन् । निर्वाचन असफल भए आफूलाई फाइदा पुग्ने सोचेका ज्ञानेन्द्रलाई भने आफन्त तथा शुभचित्नकले तत्कालै बोल्न आग्रह गर्दै आएपछि समय आइनसकेको भन्दै आएका छन् । राजनीतिक अस्थिरता भएका बेला बेलामौका बोल्दै आएका ज्ञानेन्द्रको आन्तरिक सहकार्य उच्चस्तरको रहेको बताइएको छ । ‘बेला गएपछि राजसंस्थावादीहरु एकैपटक उत्रने छन् त्यो समयले देखाउँछ’ उनीनिकट एक नेताले भने– ‘अबको अभियान चानचुने हुँदैन, गणतन्त्रवादीहरु प्नि अत्तालिने छन् ।’



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend