logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गोकुलगंगा–१ चुचुरेमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु


  • जन आकाश
  • शनिबार, माघ १७ २०८२

काठमाडौ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु गएको छ। दुर्घटनामा स्थानीय भिम कार्कीको दुःखद निधन भएको हो।



प्राप्त जानकारीअनुसार ट्र्याक्टर अनियन्त्रित भई पल्टिन लाग्दा त्यसलाई जोगाउने प्रयास गर्ने क्रममा अचानक पल्टिएको थियो। सोही क्रममा कार्की ट्र्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थिए। गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनापछि सम्बन्धित निकायले दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend