logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नबिन योगी दैलेखका उदाउँदो युवा नेता जनताका बिचमा लोकप्रिय आउँदो स्थानीय तहको निर्वाचनमा दुल्लु नगरको प्रमुखका दावेदार


  • जन आकाश
  • बुधबार, पुष १६ २०८२

काठमाडौं । नबिन कुमार योगीले आफ्नो राजनीतिक यात्रा (२०६४) सालमा अनेरास्ववियुको मावि कमिटीबाट संगठित राजनीतिक यात्राको थालनी गरेका नबिन कुमार योगीले उच्च मावि कमिटी अध्यक्ष, नारायण क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सह–संयोजक हुँदै उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन्।



अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य, सचिवालय तथा स्थायी कमिटी सदस्य हुँदै कर्णाली प्रदेश सह–इन्चार्जको भूमिकामा रहेर संगठन विस्तार र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

२३ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सचिव पदमा पराजित भए तापनि संगठनप्रतिको प्रतिबद्धता कमजोर नबनाई, नेकपा (एमाले) दैलेखको ७ औ जिल्ला अधिवेशनबाट खुल्ला जिल्ला कमिटी सदस्यमा लोकप्रिय मतका साथ निर्वाचित भई भूगोलमा सक्रिय रूपमा खटिँदै आएका छन्।

८ औ जिल्ला अधिवेशनबाट पुनः जिल्ला कमिटी सदस्यमा निर्वाचित भई हाल निर्वाचन क्षेत्र नं। २ समन्वय कमिटीको सचिवको जिम्मेवारी सम्हाल्दै संगठन र जनताको बीचमा सेतुको भूमिका निर्वाह गरिरहेका छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिकाको नगर प्रमुखका रूपमा आफूलाई पार्टी र जनताको बीचमा बलियो दाबेदारका रूपमा स्थापित गर्दै व्यापक जनसमर्थन बटुलिरहेका छन्।

राजनीतिक नेतृत्वसँगै विभिन्न सामाजिक संघ–संस्थामा पारदर्शी, जवाफदेही र उत्तरदायी ढंगले नेतृत्व प्रदान गर्दै आएका योगी हाल नाभिस्थान मन्दिर व्यवस्थापन समितिको अध्यक्ष तथा पञ्चकोशी क्षेत्र विकास समन्वय समितिको संयोजकको रूपमा क्रियाशील छन्।

पञ्चकोशी क्षेत्र विकास समन्वय समितिको वर्तमान प्रमुख जिम्मेवारी धार्मिक एवं पुरातात्विक अस्तित्व जोगाउँदै भइरहेको पेट्रोलियम पदार्थ उत्पादनको कार्यलाई तीव्रता दिनु, दैलेख, कर्णाली प्रदेश र समग्र देशको आर्थिक अवस्थामा सुधार ल्याउन सरकारसँग जोडदार पहल गर्नु तथा स्थानीय जनतालाई प्रत्यक्ष लाभ हुने गरी कार्यक्रम अगाडि बढाउनु रहेको छ।

यसअन्तर्गत योगी नरहरिनाथका ग्रन्थ, हिन्दु धर्मका शास्त्र, ऐतिहासिक लिखत तथा धार्मिक पुस्तकहरूको अध्ययन गरी पञ्चकोशी क्षेत्रको विस्तृत दस्तावेज तयार पार्ने।सडक सञ्जाल, मन्दिर, धर्मशाला, सौन्दर्यकरण, सुरक्षा र आवश्यक पूर्वाधार समेटिएको गुरुयोजना निर्माण गर्ने।

आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन प्रचार–प्रसार र समन्वय गर्ने।पञ्चकोशी क्षेत्र विकास समिति गठन, दैलेख–सुर्खेत मोटरबाटो ४ लेन विस्तार, एयरपोर्ट लगायतका विषयमा सरकारसँग सहकार्य र पैरवी गर्ने।

आगामी १० वर्षमा वार्षिक १० लाख धार्मिक पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्य लिने।शैक्षिक पृष्ठभूमिमा प्राविधिक तर्फ आई.एस्सी. एजी अध्ययन तथा साधारण तर्फ मध्यपश्चिम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिमा स्नातकोत्तर गरेका योगी अनौपचारिक रूपमा दर्शन, जीवन मार्गदर्शन, संघर्ष र सफलता, धार्मिक ग्रन्थ, लेख–रचना, भजन, इतिहास, भूगोल, विश्व राजनीति तथा समाज रूपान्तरण र विकासका विषयमा निरन्तर अध्ययनशील छन्। दैलखी जनता र युवाको मन बस्न सफल हुदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend