logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मोडेल तथा गायिका रमिता भण्डारीको नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी भयौ’ सार्वजनिक


  • जन आकाश
  • सोमबार, पुष २८ २०८२

काठमाडौं । मोडेल तथा गायिका रमिता भण्डारीको नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी भयौ’ सार्वजनिक मोडेल तथा गायिका रमिता भण्डारीको नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी भयौ’ हालै सार्वजनिक भएको छ।



आफ्नो बहुआयामिक प्रतिभा र कलात्मक प्रस्तुतिका कारण परिचित रमिता भण्डारी यस कृतिमार्फत नेपाली संगीत क्षेत्रमा स्वतन्त्र कलाकारका रूपमा अझ सशक्त रूपमा स्थापित हुँदै गएकी छन्।

यस गीतमा स्वर, शब्द र संगीत संयोजन स्वयं रमिता भण्डारीकै रहेको छ, जसले उनको व्यक्तिगत भावना र सृजनात्मक अभिव्यक्तिलाई उजागर गर्छ। गीतले उनको कलात्मक परिपक्वता र भावनात्मक गहिराइलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ।

म्युजिक भिडियो रमिता भण्डारीकै निर्माण संस्था ‘रशलाइट मिडिया’को ब्यानरमा निर्माण गरिएको हो। भिडियो छायांकन विशेष पौड्यालले गरेका छन्, जसको दृश्यात्मक प्रस्तुतीले गीतको भावलाई अझ प्रभावकारी बनाएको छ।भिडियोमा रमिता भण्डारी र उमेश खड्गीको अभिनय रहेको छ, जसको अन–स्क्रिन प्रस्तुतिले गीतको कथालाई जीवन्त बनाएको छ।

 

‘तिमी निष्ठुरी भयौ’ सार्वजनिक भएसँगै रमिता भण्डारीले पुनः एकपटक सशक्त संगीत र अर्थपूर्ण दृश्य संयोजनमार्फत दर्शकको मन जित्न सफल भएकी छन्। यो म्युजिक भिडियो Ramita Bhandari Official YouTub च्यानलमार्फत हेर्न सकिन्छ। गीत तथा म्युजिक भिडियो डिजिटल प्लेटफर्महरूमा उपलब्ध छन् र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend