जन आकाश
दाङ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानन्त्री तथा केपी शर्मा ओलीले असार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचन कुनै शक्तिले पनि रोक्न नसक्ने बताउनु भएको छ । नेकपा एमाले दाङले आज तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन’, ‘निर्वाचन सार्ने कुरा सुन्दै छु त्यो कदापी हुन दिन्न’– ओलीले दाङको तुलसीपुरमा भन्नुभयो ।
ओलीले असार १४ गते हुने निर्वाचनलाई विभिन्न वाहानामा सार्न खोजेपनि अब त्यो सम्भव नभएको बताउनु भयो । ‘निर्वाचन हुन्छ ढुक्क हुनुहोस्, अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्वाचनमा शंका उपशंका गर्नु भन्दा जितका लागि चुनावी अभियानमा लाग्नुहोस् ।’
पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले स्थानीय प्रशासनलाई निपष्क्ष र स्वतन्त्र निर्वाचन बनाउन आग्रह समेत गर्नुभयो । बुथ कब्जा गर्दा, मतपत्र च्यात्दा चुप लागेर नबस्न कार्यकर्तालाई निर्देशन दिदै ओलीले भन्नुभयो, ‘त्यो अवस्था आए चुप लागेर नबस्नुहोस् ।’
एमाले पार्टीले धाँदली गरेर तथा गरिबीलाई जाँडरक्सी खुवाएर नभई जनताले पवित्र मनले दिएको भोटले एमाले विजयी भएको दाबी समेत ओलील गर्नुभयो ।
एमालेको उद्देश्य भनेको राष्ट्र बचाउने भएकाले राष्ट्र विरोधी गतिविधी गर्नेलाई पत्ता साप गर्ने बताउनु भयो । राष्ट्रिय सुरक्षा र सद्भाव एमालेले मात्रै गर्न सक्ने बताउनु भयो । उहाँले नेपाली राष्ट्रियताको रक्षा अरु दलले गर्न नै नसकन्ने भन्दै एमालेले मात्रै गर्ने ठोकुवा गर्नुभयो । उहाँले माओवादी सिद्धान्तबाट विचलन हुदै सत्ता मोहमा फसेको र कांगेसले बीपीको विचारलाई लत्याउँदै माओवादीको सती गइसकेको बताउनु भयो । उहाँले यसको उदाहरण चितवनले दिएको बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend