logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

३० गते राष्ट्रपति भण्डारीको स्विजरल्यान्ड भ्रमण


  • जन आकाश
  • आइतबार, जेष्ठ २८ २०७४

/fi6«klt e08f/L a}ªss k|:yfg /fi6«klt ljBfb]jL e08f/L >Lnªsf / yfONofG8sf] kfFrlbg] cf}krfl/s e|d0fsf nflu z'qmaf/ laxfg yfONofG8sf] a}ªsstkm{ k|:yfg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारी जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । आजको मन्त्रीपरिषद्ले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले गरेको छ ।



राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विजरल्यान्ड जान लागेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend