logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिखर शुजको क्रेजी सेल मेला असार ११ सम्म


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०७४

काठमाडौं । शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनीस्थलमा भईरहेको क्रेजी सेल मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाईने हुँदा ग्राहकको मागलाई ध्यानमा राखि क्रेजी सेल मेलाको समय अवधि थप गरिएको छ । मेला अषाढको ११ गते सम्म चल्ने छ । यस मेलालाइ हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । क्रेजी सेल मेलामा विभिन्न कम्पनीले गर्मीयामलाई लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजी सेल मेलामा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ भने मेलामा ३९ र ४० नम्बरका जुत्ता चप्पलमा छुट पछि पनि छुटको व्यवस्था गरिएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ ती सन्तुष्ट आम उपभोक्ताहरुको चर्चा र नेपाली ब्राण्ड प्रतिको अगाध बिश्वासको फलस्वरुप नियमित रुपमा नेपाली जुत्ता तथा चप्पलहरुको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको छ ।
शिखर शुजद्वारा उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताउनुभयो ।
नेपाली ब्राण्ड लगाउन प्रोत्साहन गर्नुका साथै नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्न यस मेलामा असिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत भन्दा पनि कम मुल्यमा बिक्रि गरिदै आएको छ ।
शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजी सेल मेलामा उपलब्ध छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend