जन आकाश
काठमाडौं । नेपालको नम्बर एक बैंक हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठ–६, टुसालस्थित “नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ” का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको छ । बैंकको उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको हो ।
बैंकका तर्फवाट बैंकका प्रमुख व्यवस्थापक श्री बिपिन हाडाले बालबालिकाहरुलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । बाल सुधार गृहका संचालक श्री प्रजापति नेपालीले बैंकले गरेको यस सहायता प्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा समेत बाल गृहलाई बैंकको सहयोग जारी रहने विश्वास ब्यक्त गर्नुभयो । देशका विभिन्न स्थानका अनाथ तथा असहाय बालबालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend