logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतको इशारामा सरकार ः बिजुक्छे


  • जन आकाश
  • बुधबार, जेष्ठ ३१ २०७४

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाउनु भएको छ ।
सरकार दिल्लीकै इशारा अनुसार चलेको आरोप लगाउँदै विजुक्छेले भारतकै इशारामा प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको आरोप लगाउनुभयो ।



रफत सञ्चार क्लबले आज आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन गर्ने बेलामा सरकारले भारतलाई रिझाउन निर्वाचनको मिति फेरि पछि सार्न लागेको उहाँको भनाई छ । उनले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचन कहिले र कसरी गर्ने भन्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्नेमा सरकारले अनावश्यक रुपमा हस्तक्षेप गर्न थालेको बताउनु भयो । उहाँले निर्वाचन अवधिसम्म सरकारले आयोगको सल्लाहमा काम गर्नुपर्नेमा सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको आरोप लगाउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend