जन आकाश
काठमाडौं । दार्जिलिङ्गमा भइरहेको नेपाली भाषी आन्दोलनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक्यबद्धता जनाएको छ । केही दिन अगाडी दार्जिलिङ्गमा नेपाली भाषीले भाषाको अधिकारको विषयलाई लिएर गरेको न्यायिक आन्दोलनमा ३ जना नेपाली मूलका नेपाली भाषीहरुको मृत्यु भएको थियो । त्यस घटनाको विषयलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भारतको आलोचना भइरहेको बेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अगुवाइमा विभिन्न सँग संगठनहरुले दार्जिलिङ्गमा भइरहेको भारतीय दमनविरुद्ध आवाज उठाउँदै २०७४।३।५ गते रत्नपार्कको शान्ति वाटिकामा विरोध सभा गरी त्यहाँबाट नारा जुलुस गर्दै लैनचौरस्थित भारतीय दुतावास पुगेर नेपाली भाषीमाथि भएको अत्याचार, दमन रोक्न र नरोके त्यसको प्रतिकार गर्न नेपालीहरु एकढिक्का भएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले सम्बोधनका क्रममा चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा राष्ट्रवादी मोर्चा सीमानामा काँडेतार अभियान रक्षा दल लगायतको सहभागीता थियो भने नेपालका प्रख्यात अभिनेता नवल खड्कालगायत उल्लेखीय मात्रामा कलाकारहरुको पनि उपस्थिति रहेको थियो । तीनवजे रत्नपार्कबाट शुरु भएको एक्यबद्धता जुलुस ४ बजे भारतीय दूतावास अगाडी पुगेर स्थगित भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend