logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालीहरु स्वतन्त्रपूर्वक अधिकार प्राप्त गर्दै


  • जन आकाश
  • मंगलबार, असार ६ २०७४

Demonstrators rally at Kalanki, Kathmandu demanding the end of autocracy. More than 40,000 participated in the rally that was broken up by policemen at Pachali, Teku bridge. Post Photo /Shaligram Tiwari / Kantipur

यतिबेला नेपाल देशको ३ वटा प्रदेशमा स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । दोश्रो चरणको निर्वाचन पनि यही असार १४ गते हुँदैछ भने प्रदेश नं. २ मा असोज २ गते स्थानीय निर्वाचन तेश्रो चरणमा हुनेछ । नेपाली जनताहरु आफ्नो मौलिक अधिकार सहितको संघीयता, संघीयताको संरचनामा रहेको स्थानीय तहमा सक्षम योग्य स्थानीयबाट नै निर्वाचित जनप्रतिनिधि चुन्न जनताहरु यतिबेला आतुर छन् । यो हतार हुनु जनताको पक्षमा स्वभाविक हो नेपालको नयाँ संविधान ०२७२ जारी भइसकेपछि नेपालीहरुमा उत्साह त्यतिबेलै छाएको हो । यो २०७२ सालको संविधान परिवर्तनमुखी संविधान हो । यो नेपालीहरुको परिवर्तनमा नेपाल देशका समर्थक विश्वभरीका नेपालीहरुका लागि खुसीको विषय हो ।
नेपालमा भइरहेका राजनीतिक द्वन्दको अन्त्यसँगै संवैधानिक संकटको अन्त्य गर्नको लागि २०७२ सालको नयाँ संविधान आएको हो । यो संविधान राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा र स्थानीय, केन्द्रीय, विकास निर्माण हरेक क्षेत्रलाई समेटेर नेपालको प्रचार गर्न सम्भाव्यताको निचोड गरी ल्याएको संविधान हो । त्यही संविधानको कार्यान्वयन अन्तर्गत स्थानीय निर्वाचन सम्पन्न स्थानीय निर्वाचन सम्पन्नसँगै नेपाल राष्ट्रको लागि प्रतिष्ठानको विषय हुनेछ । नेपाली जनताहरु पूर्ण स्वतन्त्र हुनेछन् आफ्नो गाउँको विकास आफै गर्न आफ्नो देशको नेतृत्व आफै छान्न देशमा आइपर्ने विदेशी षड्यन्त्र हस्तक्षेप विरुद्ध सबै नेपाली एक ढिक्का भई प्रतिकार गर्न सक्षम हुनेछन् ।
विगतमा जस्तो सरकार विघटन गठन गर्न छिमेकी राष्ट्रबाट हुने दबाब, करकाप, अराउ, पराउ नेपालीले अब स्वीकार्नु पर्ने छैन । नेपालीले आफ्नो पूर्ण अधिकारको संविधान जारी गर्दा असन्तुष्टि राख्ने छिमेकी राष्ट्र भारतले गरेको राष्ट्रिय स्वतन्त्र माथिको हस्तक्षेप नेपाली जनताले संयम हुँदै विवेकी ढंगबाट प्रजातन्त्रको अभ्यास गर्दै नेपाल राष्ट्रलाई द्वन्दमा फसाउने षड्यन्त्र समाप्त गर्दैछन् र तराइमा देखिएको जमिनदारको राजनीति पनि संकटमा पर्दैछ भने किसान मजदुर, दलित, अपाङ्ग, सीमान्तकृत, पिछडा वर्गहरुको दिन उज्यालो बन्दैछ ।
लोकतन्त्रको अभ्यासमा खुल्ला प्रतिपर्धा आफ्नो विचार, सिद्धान्त, नीति कार्यक्रम पार्टी, संघ संगठन व्यक्तिको व्यक्तिगत वाक स्वतन्त्र हुन्छ । नेपाल देशले पनि यही लोकतन्त्रको सुन्दर पक्ष स्वतन्त्रपूर्वक पार्टी खोल्न पाउने अधिकार, विचार राख्न पाउने अधिकार, लगानीको सुनिश्चता, मजदुरको व्यवस्थापनलाई ध्यान दिएको छु । जसको कारण विश्वमा सकारात्मक सन्देश गएको छ । २०७२ को नयाँ संविधान लोकतान्त्रिक, समाजवाद उन्मुख गणतान्त्रिक संविधान भनेर उल्लेख छ ।
तर प्रजातन्त्र मान्छौ भन्ने र पार्टीको घोषणा पत्रमा समेत उल्लेख गरेर घोषणापत्र निकालेका तराइवादी दलहरु यतिबेला आफ्नो सामन्ती अधिनायकवाद तथा अथाह जमिन आफ्नो कब्जामा रहेको र त्यो कब्जाबाट अधिकार बाँडिएर किसान, मजदुरको हकमा बाँडिएर जाने देखेर आत्तिएका हुन् । काठमाडौंमा गफ चुटेर किसानले खाइ नखाई पसिना बगाएर उब्जाउ गरेको अन्नपात कुम्ल्याउन नपाइने भयो भन्ने चिन्ताले ग्रस्त देखिन्छ । मधेशको मुद्धा काठमाडौंमा बस्ने महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादवलाई भन्दा तराइमा भूमिहीन किसान, सुकुम्बासी जसले मेहनत गरेर कमाई गर्छ उनीहरुलाई थाहा छ र त जसले यो देशको माटोसँग खेलेको माटो खेलाएर नै हुर्केको छ । त्यसलाई देशको, गाउँको, साथीभाइको समाजको बढी माया हुन्छ । त्यसैको उदाहरण हो तराइका जनताहरु छिटोभन्दा छिटो स्थानीय निर्वाचन चाहिरहेका छन् । अस्ती आइतबार भएको स्थानीय निर्वाचन प्रतिनिधिको मनोनयनमा विभिन्न पार्टीका कार्यकर्ता भन्दा पनि स्वतन्त्र नागरिकहरुको उपस्थिति तराइमा देखियो उनीहरुले बाजागाजा सहित आफ्नो नामावली निर्वाचन कार्यालयमा गई दर्ता गराइसकेका छन् ।
जनकपुरमा मैथलीहरुले मैथली नाचगान, झापाका धिमालहरुले धिमालको झाँकी, रुपन्देहीका मगरहरुले सोरठी नाच देखाए आफ्नो भेषभूषा, संस्कृति परम्परा भइकन पनि नेपाली देशका सबै नेपाली प्रति सद्भाव र योग्य, दक्ष सक्षम व्यक्तिहरु स्थानीय निर्वाचनमा चुनिनुपर्छ र आउँदा दिनमा तिनै स्थानीयबाट प्रतिस्पर्धा गर्दै अनुरोध बटुल्दै प्रदेश हुँदै राष्ट्रको नेतृत्व सक्षम व्यक्तिले गर्नुपर्छ भन्ने भनाइहरु आउन थालेका छन् ।
यसबाट सहजै अनुमान लगाउन सकिन्छ नेपालको मुहार फेर्न, विकास गर्न आत्मनिर्भरमुखी बन्न बनाउन अब निर्वाचित भएर जाने जनप्रतिनिधिले योजना बनाउनुपर्छ भने त्यो योजना लागु गर्न स्थानीय युवाशक्तिले साथ दिएर नेपालको विकास, नेपालीहरुको उन्नति, प्रगति गराउन लाग्नुपर्छ । राष्ट्र आर्थिक रुपमा समृद्धि, चेतनास्तरमा बृद्धि, हरेक क्षेत्रमा व्यवस्थि तगर्दै अन्तर्राष्ट्रियस्तरमा समेत नेपालले २० बर्ष भित्रमा प्रतिष्ठा आर्जन गर्नेगरी काम गर्न जरुरी भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend