जन आकाश
श्याम श्रेष्ठ, सभासद तथा पोलिट्ब्युरो सदस्य, नेकपा माओवादी (केन्द्र)
रामेछाप जिल्ला कम्युनिष्ट आन्दोलनको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । यसको श्रेय नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठलाई जान्छ । उहाँको जन्म पनि यही रामेछाप जिल्लामा भएको हो । पुष्पलालले देखेको सपना र जनवादी क्रान्तिबाट समाजवाद प्राप्त गर्ने योजना त पुरा भएको छैन तर रामेछाप जिल्लामा २०४७ सालयता कम्युनिष्ट पार्टी एमाले, माओवादीले जिल्लामा सांसद जित्दै आएका छन् भने पछिल्लो समय पनि कम्युनिष्टहरुकै बाहुल्यता रहेको छ । २०६४ को संविधानसभामा दुबै क्षत्र ने.क.पा. माओवादीले विजय हासिल गरेको थियो भने २०७० मा २ नं. क्षेत्रमा युवा नेता श्याम श्रेष्ठले एकीकृत माओवादीबाट विजय हासिल गर्नुभएको थियो । तिनै सभासदलाई यतिबेला मन्त्रालय सम्हाल्ने अवसर प्राप्तहुन लागेको छ । पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना गरेकै कारण आफ्नो मातृभूमिमा समेत बस्न पाएका थिएनन भने कम्युनिष्ट आन्दोलनले छलाङ मारेको छ । थुपै नेताहरु यतिबेला कम्युनिष्ट पार्टीहरुबाट प्रधानमन्त्री, मन्त्री, सभासद भइसकेका छन् तर कम्युनिष्ट आन्दोलनको बारेमा अन्यौलता छ यसै विषयमा रामेछाप क्षेत्र नं. २ बाट सभासद श्याम श्रेष्ठसँग हाम्रा जनआकाश राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले गर्नुभएको कुराकानी ः
० पहिलो निर्वाचन सम्पन्न भइसकेको छ । दोश्रो हुन गइरहेको छ । सरकार परिवर्तनसँगै तपाइ पनि मन्त्रीमा चयन हुने कुरा चर्चामा छ । वस्तवमा कुरा के हो ?
नेपाली जनताले ६० बर्षदेखि अधिकार सहितको संविधान निर्माण गर्ने सपना २०७२ मा सम्पन्न भएको छ । त्यही संविधानले तय गरेका अधिकारलाई कार्यान्वयन गर्नुपर्ने पनि राजनीतिक पार्टीहरुको दायित्व हो । त्यो दायित्व सबै राजनीतिक दलले पूरा गर्दै आएका छन् । अहिले अलिकति समस्या तराइका साथीहरुको छ । त्यो संविधानमा छुट्न गएको विषयलाई सम्बोधन गरेर संविधानलाई कार्यान्वयन गर्न र दोश्रो निर्वाचन सम्पन्न गर्न हामी गइरहेका छौं ।
अर्को तपाइले उठाउनुभएको सरकार परिवर्तनको कुरा त्यो स्वभाविक हो । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको ‘जेन्टलमेन’ एग्रीमेन्ट अनुसार भएको हो । तेश्रो कुरा तपाइहरु मिडियाकर्मीले भनेजस्तो म मन्त्री हुने कुरा त मन्त्रालयहरुको टुंगो नै लागि सकेको छैन काँग्रेसले कुन कुन लिने र माओवादीले कुनकुन लिने विषयमा नै टुंगीसकेको छैन । केही मन्त्रालय भने वाँडफाँड भइसकेका छन् । मन्त्रीमण्डल गठन हुँदा त्यसमा म उमेरले अलि कान्छो भएपनि २०४८ सालदेखि विद्यार्थी राजनीतिमा लागेर अर्धभूमिगत हुँदै २०५७ सालबाट ने.क.पा माओवादी पार्टीले शुरु गरेको जनयुद्धमा होमिएर विभिन्न मोर्चा सम्हाल्दै विद्यार्थी राजनीति देखि अहिले ने.क.पा.माओवादी केन्द्रको पोलिट्ब्यूरो सम्मको हैसियत तथा प्रत्यक्ष निर्वाचित सभासद र योग्यताको हिसावमा पनि राजनीतिक शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको छु । यो सबै अनुभव र योग्यता तथा मभन्दा जुनियर साथीहरुले समेत मन्त्रालय सम्हालीसकेको अवस्था छ । पार्टीले मलाई त्यो महत्वपूर्ण जिम्मेवारीको अवसर दियो भने म आफ्नो जिम्मेवारी बोध गर्न सक्षम छु । जस्तो लाग्छ ।
० तपाइ रामेछाप जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद त्यहाँबाट निर्वाचित भएर आइसकेपछि मैले यो यो काम गरे जिम्मेवारी वहन गरे भनेर केही भन्दिनुस न ?
धेरै कुराहरु भएका छन् २०७० को निर्वाचन भएर आएको अहिले लगभग ३ वर्ष वितिसकेको छ । यो ३ वर्षको अवधिमा बाटोघाटो पुल पुलेसाको कुरा गर्दा धेरै काम भइसकेको छ । धुलाम्यै भएपनि गाउँगाउँमा सडक पु¥याउने काम मेरै पहलमा भएको छ । विगतका गा.वि.स र हालका नगरपालिका र गाउँपालिका वडाहरुलाई सदरमुकामको केन्द्रमा जोड्ने काम भइसकेको छ एउटा गौश्वारामा मात्र बाँकी छ । त्यहाँ पनि भीरको ठाउँ भएको हुनाले ढिलो भएको हो । त्यो पनि चाडै पुरा हुदैछ । काठमाडौं सँग जोड्न सुनकोशी नदीमा ‘मोटरेवल’ पुलहरुको काम हुदैछ । तामाकोशी पुल खैरेनीघाट लगायत मोटरेवल पुल नै ६, ७ वटा बनिसकेका छन् विगतमा यति धेरै काम कहिल्यै भएका थिएनन्, प्राविधिक विद्यालयहरु प्नि लागिएको छ मन्थलीमा टेक्नीकल स्टिच्यून्ट स्थापना वेथान सुनापति गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गरेका छौ । कृषिलाई पकेट क्षेत्रको रुपमा दोरम्वा गाउँपालिका हामीले कार्यक्रम सञ्चालन गरेका छौ । मैले निर्वाचनको दौरानमा के भनेको थिए भने शिक्षाको लागि माविस्तरकालाई ंद्द र ंद्द भएका स्कुलहरु चै कलेज हुनेछन् स्तर वृद्धि गरिनेछ भनेको थिए अहिले सबैठाउँमा ंद्द को अवधारणा अनुसार रहेन आधारभूत माध्यामिक शिक्षा र उच्च शिक्षा भनेर शिक्षा नीति नयाँ संरचना आएको छ । राकाथुमको मा.वि. वाहेक सबै ठाउँमा ंद्द मा जाने भइसकेका छन् । स्वास्थ्य क्षेत्रको कुरा गर्दा उपस्वास्थ्य चौकीलाई पिएसवीमा विकाश गर्ने भनेर भनेको थिए धेरै ठाउँमा नभएपनि दुइ तिन ठाउँमा त्यो अवधारणा लागु गर्ने गरी काम भइरहेको छ । साथै नयाँ संरचनामा एक गाउँपालिका १५ सैयाको अस्पताल बनाउने भनेर हाम्रा कमरेड प्रचण्डको नेतृत्व सरकारको पालामा नै योजना बनिसकेको छ । यो क्षेत्रगत विकास कुरा अर्काे भनेको म क्षेत्र नं. २ को सभासद भएपनि समग्र रामेछाप जिल्लाको विकासको लागि मेरो चिन्ता र चासोको विषय हो भन्ने ठानेर गौश्वरा देखि गुम्देलसम्म उज्यालो बनाउने अभियान अन्तर्गत डेढ अर्व बजेटको व्यवस्था गरेर कुनैपनि रामेछापबासी अध्यारोमा बस्नुनपर्ने कार्यान्वयनमा योजना गइसकेको छ । जुनारलाई पकेट क्षेत्रको रुपमा विकास गर्न त्यो कार्यक्रम पनि लगिसकिएको छ । समग्रमा हामीले सन्तोष मान्ने कुरा त होइन तर विगतको तुलनामा धेरै काम भएको छ जनता लाभान्वित भएका छन् ।
० रामेछाप जिल्लाका जनताहरुको अपेक्षालाई पूरा गर्न सरकारी निकायहरुमा पहल गर्न जादा कतिको अप्ठ्यारो महसुस हुने गर्छ ?
हामी जनप्रतिनिधि हौ । हामीले जुनसुकै ठाउँमा पहल गरिनै राखेका छौ । त्यस्तो कुनै अप्ठ्यारो आएको छैन । कतिपय साथीहरुको मनोवृति नै त्यस्तो हुन्छ । लान्छानिक गरेर अरुलाई अप्ठ्यारो पार्ने तर समग्रमा भन्नुपर्दा हामीले अहिले पनि सजिलै योजनाहरु हाम्रै पहलमा लागिराखेकै छौ । यसबाट के पुष्टि हुन्छ भने जन प्रतिनिधिले काम गर्न सक्छन् भन्ने हो ।
अन्तमा
स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । हिजो हामीले सांसदलाई मात्र देख्याँै अहिले लोकल वडीमा पनि निर्वाचन भएर नयाँ संरचना अनुसार नयाँ जोस, जागर भएका प्रतिनिधिहरु जनताले छानेका छन् सबै जनप्रतिनिधिहरुले दृढ इच्छा शक्ति सहित जनतालाई छिटो, छरितो, भरपर्दाे सेवा, सुविधा प्रर्वाह गर्ने तर्फ सबैको ध्यान केन्द्रीत रहनुपर्दछ । भन्ने इच्छा प्रकट गर्न चाहान्छु । हामी अज्झै ठुलो राजनीतिक संक्रमणबाट मुक्त भइसकेका छैनौ यो संक्रमणकालको अन्त्य गर्न नयाँ नेतृत्व र जनप्रतिनिधि चुनिनुभएका साथै बाँकी निर्वाचन भएर समग्रमा राष्ट्र संक्रमण कालको अन्त्य गरी विकास र समृद्धि हासिल गर्न सक्नु पर्छ भन्ने अपेक्षा राख्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend