logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्र बैंकबाट इ–सेवाले पायो मनि ट्रान्सफरको अनुमति


  • जन आकाश
  • बुधबार, असार ७ २०७४

बिन्दा तोलाङगे
काठमाडौं ।



अब नेपालबाट पैसा पठाउन र पाउन कुनै रेमिट्यान्स चाहारिनु पर्ने अवस्था हटेको छ । नेपाल राष्ट्र बैंकले स्वदेशभित्र अनलाईन मनि ट्रान्सफल गर्न पाउने गरी नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको लाईसेन्स् दिएसँगै अब अनलाईनबाटै एक ठाउँबाट अर्को ठाउँमा पठाउन मिल्ने भएको छ । राष्ट्र बैंकले इसेवालाई भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को १९ ले दिएको अधिकार प्रयोग गरी शर्त तथा निर्देशनको अधिनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट सेवा सञ्चालन गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो ।
राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तीब्र रूपमा विकास गर्ने जानकारी दिनुभयो । क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी इसेवाको पहुँच बढाउने अलीले बताउनुभयो ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी भएको पनि अलीले दावी गर्नुभयो । विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवाका मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने मुलुकभर २५ हजार बढी ‘जोन पोइन्ट’ रहेको बताइएको छ । राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबारसमेत सुरू गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीको भनाई रहेकोछ । इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने वेबसाइट मार्फत् चलाउनेको संख्या लगभग ८ लाख रहेको कम्पनीले जानकारी दिएको छ ।
यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको अलीले जानकारी दिनुभयो । इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरिद जस्ता सय भन्दा बढि सुविधा लिन सकिने अलीले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend