logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा प्रहरीको भ्यान पुरिँदा २ प्रहरीको मृत्यु


  • जन आकाश
  • शुक्रबार, असार ९ २०७४

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको समाचार प्राप्त भएको र अरु दुई प्रहरीहरु वेपत्ता छन् ।



सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ । पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए ।

सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ ९३ नम्बरको भ्यानलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए । भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ थिए ।

घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । मृतकको सनाखत भएको छैन । अन्य दुईजनाको खोजी भइरहेको छ । पहिरो पन्छाउने र प्रहरीलाई खोज्ने काम तिब्रगतीमा भइरहेको चितवन प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend