logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अहिलेसम्म एमाले अग्रस्थानमा


  • जन आकाश
  • आइतबार, असार १८ २०७४

काठमाडौं ।  २०७४ असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १ , ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ मध्ये १ सय ६२ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । पछिल्लो नतिजा अनुसार एमाले अग्र स्थानमा छ । एमालेले प्रदेश नम्बर १ का ३६, ५ का १९ र ९ का २२ गरी ७७ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । त्यस्तै दोश्रो स्थानमा रहेको कंग्रेसले प्रदेश नम्बर १ का १७, ५ का १४ र ७ का ३० गरी जम्मा ६१ वटा स्थानीय तहमा जीत हासिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेश नम्बर १ का ७, ५ का ११ र ७ का ३ वटा गरी २१ वटा स्थानीय तहमा जीत दर्ता गरेको छ । मतगणना भइरहेका प्रदेश नम्बर १ का ३६, ५ का २० र ७ का ९ वटा स्थानीय तहमा एमालेले अग्रता लिएको छ । त्यस्तै कंग्रेसले प्रदेश नम्बर १ का ३२, ५ का २२ र ७ का ९ वटा स्थानीय तहमा अग्रता बनाएको छ । माओवादी केन्द्रले भने प्रदेश नम्बर १ का ४, ५ का ७ र ७ का ११ वटा गरी २२ वटा स्थानीय तहमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले खाता खोल्न सकेको छैन , उसले प्रदेश नम्बर १ को २ र ५ का २ गरी ४ वटा स्थानीय तहमा अग्रता बनाएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ का दुई र संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ को एउटा स्थानीय तहमा जीत हासिल गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend