logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चार पत्रकार बर्दियाबाट निर्वाचित


  • जन आकाश
  • आइतबार, असार १८ २०७४

बर्दिया । पत्रकारिता मार्फत नागरिकको पक्षमा आवाज उठाउदै आई सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएका चारै जना पत्रकार स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा विजयी भएका छन् ।



गुलरिया नगपालिकामा नेपाली कांग्रेस र एमालेबाट बिभिन्न पदमा उम्मेदवार बनेका चारै जना पत्रकारहरु निर्वाचित भएका हुन । नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद सुशीला गिरी नगर उप प्रमुखमा,नेपाल पत्रकार महासंघका साधारण सदस्य प्रताप गौतम वडा नं १ को वडा अध्यक्षमा, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद युवराज श्रेष्ठ वडा नं ५ का वडा सदस्यमा र अर्का केन्द्रिय पार्षद विनयराज भण्डारी वडा न. ७ को वडा सदस्यमा निर्वाचित भएका हुन ।

नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, नेपाल प्रेस युनयनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल, प्रेस क्लबका अध्यक्ष यमनाथ घिमिरे, पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्माले गुलरिया नगरपालिकाको बिभिन्न पदमा निर्वाचित चारै पत्रकारलाई बधाई दिएका छन् । उनीहरुले गुलरिया नगरपालिकामा सुशासन,समृद्धि र विकास गराउन र गुलरिया नगरपालिकामा मिडिया र मिडियाकर्मीको संस्थागत र दिगो विकासकाका लागि काम गर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend