जन आकाश
रोशन ज्ञवाली
बर्दिया । राजापुर ४ बाट नेपाली कांगे्रसका नगर सभापति रमणकुमार रेग्मी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँको पूरै प्यानल विजय भएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका युवा नेता विदुर पोखरेललाई भारी मतान्तरले हराउनु भएको छ ।
युवा अवस्थादेखि राजापुर क्षेत्रमा निरन्तर रुपमा सामाजिक र राजनैतिक कार्य मार्फत योगदान पु¥याउदै आउनु भएका रेग्मी त्यस क्षेत्रमा निकै लोकप्रिय नेतामा गनिनु हुन्छ ।
माओवादीको द्वन्दकालमा पटक पटक माओवादीको ज्यादतीबाट भूमिगत रही राजनीतिलाई आफ्नो कर्म ठान्नु भएका रेग्मीले द्वन्द्वकालमा पनि आफ्नो राजनीतिलाई सक्रिय बनाउनु भएको थियो । जुझारु, सकृय रेग्मीलाई वडा अध्यक्षमा पाउदा राजापुर बजारका बुद्धिजीवी, ब्यपारी, सर्वसाधरण र किसानहरु निकै खुशी भएका छन् । उनीहरुले आफनो वडाको अब छिट्टै नै विकास हुने बताएका छन् ।
उहाँलाई प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे, कंग्रेस नेताहरु संजय गौतम, किशोरसिंह राठौर, कमलप्रसाद रेग्मी, बिद्याप्रसाद खनाल लगायतले रेग्मीलाई हार्दिक बधाई दिदै समग्र राजापुरमा सुशासन, समृद्धि, नेपाली कांग्रेस र जनताले चाहेको विकास गर्न गराउन उहाँको भुमिका दमदार रहने विश्वास ब्यक्त गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend