जन आकाश
यमनाथ घिमिरे
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा कडा प्रतिस्पर्धा सहित नेकपा एमालेका घननारायण श्रेष्ठले ७०७४ मत ल्याएर र माओवादी केन्द्रकी कृष्णा कुष्मा थारुले ७०८६ मत ल्याएर उपमेयरमा विजयी भएकी छिन् ।
श्रेष्ठका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याए भने थारुकी निकटतम प्रतिद्वन्दी एमालेकी बिना भट्टराईले ६९७५ मत पाईन ।
सशस्त्र द्धन्द्धकालमा माओवादी लडाकु रहकी उपमेयर आफनो पार्टीमा आस्था नामले चिनिन्छिन । द्धन्द्धकालमा श्रीमान गुमाएकी उपमेयर कृष्णकुश्मा थारु समुदायको निकै लोकप्रिय नेता थिईन ।
राष्टिय प्रकृति संरक्षण कोषको बर्दिया संरक्षण आयोजनामा लैङ्गिक विकास कार्यक्रमको जागिरबाट राजिनामा दिएर उपमेयरको उम्मेदवारमा उठेर चुनावी मैदानमा उत्रिएकी भएकी बिना भट्टराईसुरु देखि प्रतिद्धन्द्धी कृष्णा कुष्मा थारुको गाउँबाट पनि अग्रस्थानमा रहँदा रहँदै पनि आफ्नै गाउँमा पुगेर कम मत प्राप्त गरेपछी हार बेहोर्नु पुगेकी हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend