logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बाल सञ्जालको बैठक सम्पन्न


  • जन आकाश
  • सोमबार, असार १९ २०७४

काठमाडौं । जिल्ला बाल सञ्जाल समिति काठमाडौंको कार्ययोजना बैठक यही असार १६ गते शुक्रबार बालुवाटारमा सम्पन्न भएको छ । बालबालिकाको हकहितको सुनिश्चितताको लागि यस सञ्जाल स्थापना गरिएको जानकारी कोषाध्यक्ष स्वस्थानी राउतले गराएकी थिइन् ।



बैठकले खाली रहेको कार्यसमितिको पदहरु सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सोनी भट्टराई, प्रतिक कार्की र स्वस्थानी राउतलाई चयन गरिएको थियो ।
यस सञ्जालले अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवसमा १ लाख २० हजार रकम खर्च गरेर आयोजना गरिएको काठमाडौं अन्तर विद्यालय फुटसल प्रतियोगिताबाट ५७ हजारको कोष स्थापना गरिएको जानकारी जिल्ला बाल सञ्जाल समिति काठमाडौंका अध्यक्ष राजाराम बस्नेतले जानकारी दिए । नवनिर्वाचित कार्य समितिका सदस्यहरुलाई अध्यक्ष बस्नेत सफल कार्यकालको शुभकामना मन्तब्य दिँदै आगामी कार्यकालमा अझै प्रभावकारी भएर काम गर्ने विश्वास ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend