जन आकाश
काठमाडौं । बाल अधिकारको संरक्षणका लागि राष्ट्रिय अभियानको दोस्रो साधारणसभा यही असार १६ गते काठमाडौंको बालुवाटारमा रहेको महेन्द्र राष्ट्रिय उच्च माविमा भब्यताका साथ सम्पन्न भएको छ । साधारणसभामा सात ओटै प्रदेशका अभियान प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि भएको बैठकले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव बहुमतले पारित गरे अनुसार पुरानो कार्यसमितिमा प्रवक्ताको भूमिकामा रहेका प्रवीण सिलवाललाई संयोजकमा निर्विरोध चयन गरिएको थियो । यो अभियानको लागि संयोजक सिलवालले विशेष भूमिका निर्वाह गरी संस्थाको शाख माथि उकास्न अथक प्रयास र मिहिनेत गरेकाले नै उनलाई संयोजक बनाइएको काठमाडौं बाल सञ्जाल समितिका अध्यक्ष राजाराम बस्नेतले बताए ।
यसैबीच संयोजकमा निर्वाचित भएलगत्तै सिलवालले आगामी ६ महिनाभित्रमा सार्वजनिक यातायातमा हाल भइरहेको बालश्रमलाई न्यूनीकरण गर्न तिनीहरुलाई समाजमा नै पुनस्र्थापित गर्ने, स्थानीय तहमा बन्ने नियम कानुनहरुमा बाल अधिकारको मुद्धालाई प्राथमिकता दिन पहल गर्ने, आफ्नो महत्वाकांक्षी योजना समेत सभासामु प्रतिवद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित सबैले संयोजक सिलवाललाई बधाई तथा शुभकामना सन्देश दिनुका साथै आगामी दिनमा यस संस्थाले अझ प्रभावकारी भएर काम गर्ने विश्वास ब्यक्त गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend