जन आकाश
यम घिमिरे
बर्दिया । बर्दियाका आठ स्थानीय तह मध्ये ८ वटै तहको मत गणना सोमावार सकिएको छ । बर्दियामा परिणाम घोषणा भएका ८ स्थानीय तह मध्ये २ तह कांग्रसले, ३ तह माओवादीले र ३ तह एमालेले जितेको छ ।
बर्दियाको गुलरिया नगरपालिका र गेरुवा गाउपालिका कांग्रसले ,मधुवन ,बार बर्दिया र राजापुर नगरपालिका माओावदी केन्द्रले र ठाकुरबाबा तथा बांसगढी नगरपालिका र बढैयाताल गाउपालिका एमालेले जितेको छ ।
बढैया ताल गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष बहुमत सहित ने क पा एमाले जितेको छ । शुरुदेखि नै अग्रता लिएको एमाले बर्दियाका जिल्ला उपाध्यक्ष लालबहादुर श्रेष्ठ ८१९८ मत ल्याई अध्यक्षमा र एमालेकै दिपा गौतम ८७८३ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका हुन ।माओवादी केन्द्रका दल्लुराम थारु ६८९६ मत ल्याई अध्यक्षमा र सोही दलका राधा आर्चायले ६४७१ मत पाई उपाध्यक्षमा प्रतिद्धन्दीको रुपमा रहेकी छन्।
ठाकुरबाबा नगरपालिकाको मेयरमा कडा प्रतिस्पर्धा सहित नेकपा एमालेका घननारायण श्रेष्ठले ७०७४ मत ल्याएर र माओवादी केन्द्रकी कृष्णा कुष्मा थारुले ७०८६ मत ल्याएर उपमेयरमा विजयी भएकी छिन् ।श्रेष्ठका निकटतम प्रतिद्वन्दी माओबादी केन्द्रका नेत्रराज आचार्यले ६९५५ मत ल्याए भने थारुकी निकटतम प्रतिद्वन्दी एमालेकी बिना भट्टराईले ६९७५ मत पाईन ।
बासंगढी नगरपालिकाको मेयरमा ८७८५ मत ल्याई एमाले जिल्ला सचिव शालिकराम अधिकारी र ९२९५मत ल्याई उपमेयरमा सुष्मा चौधरीले जित हासिल गरेका छन् । मेयरमा निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका विनाराम थारुले ७८२२ र उपमेयरमा निकटतम प्रतिद्धन्दी भुमि विकालुले ७३४८ मत पाएका छन् ।
बासंगढी नगरपालिकाको मेयरमा उपमेयरमा एमाले उम्मेदवारहरु अगाडि छन् । मेयरमा शालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरीले शुरुदेखि नै अग्रता लिएकै छन् । एमालेका मेयर उम्मेदवार अधिकारी माओवादी मेयरका उम्मेदवार विनाराम थारु भन्दा झण्डै डबल मतले अगाडि छन् । अधिकारीले ४३१६ र माओवादी केन्द्रका थारुले २७५९ मत प्राप्त गरेका छन् । उपमेयरमा सुष्मा चौधरीले ४५३४ मत पाई अग्रता लिईरहेकी छिन। कंग्रेसका मेयर उम्मेदवार गंगाधर पौडेल २६४५ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।
राजापुर नगरपालिकामा माओवादी केन्द्रका मेयरका उम्मेदवार शिवप्रसाद चौधरी ९४९७ र उपमेयरमा माओवादीकै मनकला चौधरी ९२१९मत प्राप्त गरि विजय भएका छन् । मेयरमा नेपाली कांग्रेसका दिपकजंग शाहले ८६०६ र उपमेयर तारा चौधरीले ८५७० मत प्राप्त गरि प्रतिद्धन्दी बनेका छन् । १० वडा रहेको राजापुरमा ६ वटा वडा अध्यक्ष भने बहुमत सहित कांग्रेसले जितेको छ ।
बार बर्दिया नगरपालिकाको माओवादी केन्द्रका दुर्गाबहादुर थारुले ११७४७ मत ल्याई मेयरमा र सोही पार्टीकै अन्जु दहितले १०५४२ मत ल्याई उपमेयरमा जित हासिल गरेका छन् । उनीहरुको प्रतिद्धन्द्धीमा एमालेका मेयर उम्मेदवार रामबहादुर थारुले ९४२७ र उपमेयरमा मओावादीकी पुष्पा वलीले ८५४१ मत ल्याएकी छिन्।
मधुवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका गणेश के सी ८४३१ मत र उपप्रमुखमा सोही दलकै शुभरानी थारुले ७५२३ मत प्राप्त गरी बिजयी भएका छन् । के सी का प्रतिद्धन्दी एमालेका मेयर उम्मेदवार दुर्गाबहादुर वलीले ५९२३ र थारुकी प्रतिद्धन्दी एमालेका उपमेयर उम्मेदवार हिराकुमारी चौधरीले ५९४२ मत प्राप्त गर्नुभएको छ ।
गेरुवा गांउपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु बिजयी भएका छन्।६००३ मत प्राप्त गरि जवानसिंह के सी अध्यक्षमा र ५५५३ मत प्राप्त गरि हिमा थारु उपाध्यक्षमा बिजयी भएको निर्वाचन अधिकृत देवराज भारतीले बताउनु भयो ।के सीले माओवादी केन्द्रका अध्यक्षका पदका उम्मेदवार विश्व थारु र हेमाले माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार लिला थारुलाई पराजित गरेका हुन ।
बर्दियाको जेठोे गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मुक्तीनाथ यादव र उपमेयरमा कंग्रेसकै सुशीला गिरी एमाले उम्मेदवारलाई पछि पार्दे प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend