जन आकाश
रोशन ज्ञवाली
बर्दिया (राजापुर) । बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी भएका छन् । बर्दियाको राजापुर नगरपालिकामा माओवादीका शिव थारु विजयी भएका छन् । उपमेयरमा माओवादी केन्द्रकी मनकला चौधरीले जित हात पार्न सफल भएकी छिन् ।
मेयरमा निर्वाचित थारुले ९३९२ मत ल्याएका छन् भने उपमेयरमा जितेकी चौधरीले ९१०८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका तर्फबाट उठेका मयेर दीपकजंग शाहले ८३५१ ल्याएका छन् । त्यसैगरी एमालेका मेयरका उम्मेदवार पहाडी थारुले ४९६९ मत पाए भने उपमेयकी उम्मेदवार कृष्णा चौधरीले ४८७० मत पाइन् । त्यसैगरी राजापुरमा एमाले तेश्रो स्थानमा रह्यो भने फोरम र राप्रपाले पनि केही मत पाएका छन् ।
यस जन आकाश मिडिया प्रा.लि.ले विजयी शिव थारु र मनकला चौधरीलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोउत्तर प्रगतिको कामना गर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend