logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भोली धान दिवस विविध कार्यक्रम गरि मनाईदै


  • जन आकाश
  • बुधबार, असार २१ २०७४

बर्दिया । असार १४ गते स्थानीय तहको निर्वाचन भएको कारणले कर्मचारी र प्राविधिकहरु निर्वाचनमा व्यस्त भएकाले प्रत्येक वर्ष असार १५ गते मनाइँदै आएको धान दिवस भोलि जिल्ला स्तरीय कृषि एलायन्सको आयोजनमा बर्दियामा यस वर्ष वढैयाताल गाउँ पालिका वडा नम्बर ७ मयुर बस्तीमा जिल्ला स्तरीय धान दिवस मनाउने कार्यक्रम रहेको कृषि विकास कार्यालय गुलरियाका वरिष्ठ कृष्ति विकास अधिकृत परशुराम रावतले यस जन आकाश अनलाइनलाई बताए ।
मयुर बस्तीमा बिहीबार बिहान ११ बजे मनाईने धान दिवस कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको र सो कार्यक्रममा सहभागिताका लागि राजनैतिक दल, स्थानीय निकायका जनप्रतिनिधि, संचारकर्मी, कृषक, सर्वसाधरण सबैलाई जिल्ला स्तरीय कृषि एलायन्सले अनुरोध गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend