logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्रीको भ्रमण मिति टुंगो लागेको छैनः महरा


  • जन आकाश
  • बुधबार, असार २१ २०७४

काठमाडौं । चार दिने भारत भ्रमण सकेर हिजो मात्र नेपाल फर्किएका फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भ्रमणका विषयममा संसदलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमण, नेपालमा रहेका भारतीय नोटको सटही, नेपाली ग्यास बुलेटलाई भारत प्रवेश खुल्ला तथा नेपालमा हुने विमस्टेक बैठकका विषयमा कुराकानी भएको जानकारी दिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाको ज्यूको भारत भ्रमणको मिति दुवै मुलुकका दूतावासको छलफलपछि तय हुने भनिएको छ,’ संसद्मा महराले भने, ‘भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने, भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सीमा बजारमा पर्ने असर तथा नेपालमा रहेका भारतीय नोटको सटहीका समस्या छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।’
महराले खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने विषय पनि उच्चस्तरमै कुराकानी भएको जानकारी दिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend