logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रुपन्देहीको सियारीमा एमालेका अयोध्या थारु विजयी


  • जन आकाश
  • बुधबार, असार २१ २०७४

रुपन्देही । रुपन्देही जिल्लाको सियारी गाउँपालिका एमालेले जितेको छ । एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन् ।
यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन् । उनले ६ हजार ५० मतसहित जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गरेकी छन् ।
गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा (एमाले) र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।
वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा (एमाले)का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भएका छन् । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend