जन आकाश
काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालसँग बैदेशिक रोजगार व्यवसायीहरु रुष्ट भएको जानकारी प्राप्त भएको छ । विमल ढकालले यो भन्दा अगाडी निर्वाचनका बेला गरेको वाचा पूरा नगरेको र असफल भइसकेको अध्यक्ष फेरी पुनः अध्यक्षमा उठेको भनेर चौतर्फी दबाब पर्दा समेत सर्वसहमतिबाट अध्यक्ष चयन नगरी आफ्नो व्यक्तिगत जिद्धी गरिरहेको भनेर विभिन्न व्यवसायीहरुले यसपटक २५ औं साधारणसभामा रोहन गुरुङ्गलाई अध्यक्षमा मतदान गर्ने स्रोतलाई बताएका छन् ।
यतिखेर रोहन गुरुङ र विमल ढकाल अध्यक्षको प्रत्यासीमा प्रतिस्पर्धामा छन् । बाजी कसले मार्ने हो त्यो परिणाम आएपछि थाहा हुने कुरा भयो तर विमल ढकालको सम्भावना निक्कै कम भएको व्यवसायीहरुले कुराकानी गर्ने क्रममा बताएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend