जन आकाश
काठमाडौं । जापानवाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा गत शुक्रबारबाट संचालनमा ल्याइएको हो ।
आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो । शाखा कार्यालय उद्घाटनका क्रममा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै आइएमईका प्रमुख कार्याकारी अधिकृत सुमन पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउदै पैसा पठाउने बिश्वाशिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
टोकियो पछि नेपाली विद्यार्थीहरुको बाहुल्यता फुकुओकामा रहेको हुनाले नेपाली विद्यार्थी सहित सबैको लागि सहज होस् भन्ने उदेश्यले पÞmुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख राम कृष्ण श्रेष्ठले बताए । नयाँशाखा विस्तारसँगै क्योदाई रेमिटेन्सले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको लागि विशेष अवसरमा हुने छलफलमा निशुल्क बैठक हल उपलब्ध गराउने समेत बताइएको छ ।
आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend