जन आकाश
हिमालयन बैंक लिमिटेडले ‘मिट एण्ड ग्रीट’ श्रृंखला अन्तर्गत ‘उमन्स फेडेरेशन फर वल्र्ड फिस–नेपाल’ मा आवद्ध तथा समाजका अन्य क्षेत्रमा सकृय महिलाहरुका लागि काठमाडौंमा वित्तिय जागरण तथा आधारभूत बैंकिङ्ग सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका करीव ९० जना महिलाहरुको सहभागिता थियो । ‘मिट एण्ड ग्रीट’ श्रृंखला अन्तर्गतको यो दोश्रो कार्यक्रम हो ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर ज.ब.रा. ले बैंकिङ्ग क्षेत्रलाई प्रयोग गरेर संबृद्धि हासिल गर्नेतर्फ महिलाहरु अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले महिला वित्तिय साक्षरता अभियानलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाइनुपर्ने खाँचो औंल्याउँदै नेपालको आर्थिक संबृद्धिका लागि
बैंक तथा वित्तिय संस्थामा महिलाको पहुँच बढाउनु पर्ने वताउनु भयो ।
समारोहमा ‘उमन्स फेडेरेशन फर वल्र्ड फिस–नेपाल’ का अध्यक्ष ब्लेसी ढकालले बैंकले महिलाहरुका लागि वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यसले महिलाहरुमा बैंकिङ्क चेतनाको अभिबृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा बैंकका वरिष्ठ अधिकृतहरुले वित्तिय साक्षरता तथा आधारभूत बैंकिङ्ग अन्तर्गत बैंकमा खाता खोली बचत गर्ने तथा अन्य बैंकिङ्ग सेवा सुविधाहरु उपभोगको प्रकृयाको सम्बन्धमा अन्तर्कृयात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै हिमालयन बैंकका सेवा सुविधाहरुको वारेमा जानकारी दिनुभएको थियो । बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले सहभागीहरुसंग अन्तर्कृया गर्नुका साथै उत्प्रेरक मन्तव्य दिनुभएको थियो ।
समारोहमा हिमालयन बैंकका वरिष्ठ अधिकृतहरु, ‘उमन्स फेडेरेशन फर वल्र्ड फिस–नेपाल’ का अन्य पदाधिकारीहरु तथा अन्य ब्यक्तित्वहरुको पनि उपस्थिति थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend