logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सप्तरी डुबानको लागि काठमाडौं राहत संकलन


  • जन आकाश
  • आइतबार, असार २५ २०७४

काठमाडौं । सेभ द लाईफ फाउन्डेशनले भोलिदेखि सप्तरी डुवानको लागि राहत संकलन कार्य सुरु गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा सेभ द लाईफ फाउन्डेशनले आईतबार पत्रकार सम्मेलन गरेर सप्तरी डुबानले त्यहाँको जनजीवन अत्यन्तै कष्टकर बनाएको र तत्काल राहतस्वरुप लत्ता कपडा, औषधी, पाठ्यपुस्तक र त्रिपालजस्ता सामाग्री संकलन गर्ने जानकारी दिएको हो । फाउन्डेशनका अध्यक्ष मिनबहादुर गुरुङले सप्तरी डुबानले मानवीय दुःख र ठूलो भौतिक क्षति पुर्याएको बताउँदै भने, ‘हाम्रो संस्थाका साथीहरु सप्तरी पुगेर फर्केका छौँ, त्यहाँ राहत तथा मानवीय सहयोगको लागि कोही नपुगेको स्थिति छ, प्रधानमन्त्री पुगेर अवलोकन गर्नुभएको छ, तर त्यतिले पीडितको दुःखमा मल्हम लाग्दैन, पर्दाखेरी सबैले साथ र सहयोग गर्नुपर्छ भन्ने भावनाले हामीले ८६ घरपरिवारको एकिन तथ्य संकलन गरी उहाँहरूको लागि राहत संकलन गर्न राजधानी फर्केका छौ, यस कार्यमा सबैले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु ।’



राहतको लागि नै आफ्नो संस्थाले १०० वटा टिर्सट छापिसकेको जानकारि गराउँदै उनले भने,‘हामी भोलिदेखि राहत संकलनमा जुट्दैछौ, साउनको पहिलो हप्तासम्म जति सक्छौँ, त्यति राहत संकलन गरेर सप्तरी जानेछाँै।’

फाउन्डेशनले टिकाथली ललितपुरस्थित् बालआश्रमलाई पनि हेर्दै आएको अध्यक्ष गुरुङले जनाए ।  कार्यक्रममा रसिता भुजेल, सुशिल चौलागाँई, सचिता बैजु लगायतले आफ्ना कुरा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend