logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अध्यक्षमा रोहन गुरुङ्गको मनोनयन दर्ता


  • जन आकाश
  • आइतबार, असार २५ २०७४

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारणसभामा हुन गइरहेको निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध संयुक्त प्यालनबाट रोहन गुरुङ्गले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा ईश्वर केसी, कोषाध्यक्षमा रमिला ताम्राकार, सदस्यहरुमा माया लिम्बु, सुरेश गौतम, सन्जु गुरुङ, सविना श्रेष्ठ, प्रेम बहादुर विश्वकर्मा, परमेश्वर अधिकारी, तिलक बहादुर तामाङ्ग, बबन कुमार सिंह, प्रीतम बहादुर मगर लगायत संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन् ।
यो संयुक्त प्यानलमा सबै पार्टी दलसँग आस्था राख्ने व्यवसायीले विशेष गरेर रोहन गुरुङ्गलाई योग्य र दक्ष देखेर नै व्यवसायीले सरोज पोख्रेलको प्रस्तावमा र ओम प्रकाश विश्वकर्माको समर्थनमा मनोनयन दर्ता भएको छ ।
यो मनोनयन दर्ता सँगै वैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध सदस्यहरुमा नयाा जोस, जाँगर र नयाँ नेतृत्व चयन भई वैदेशिक रोजगार व्यवसायीहरुको समस्या समाधान हुने विश्वास रहेको बत्तिसपुतलीस्थित संघको कार्यालयमा जम्मा भएका व्यवसायीहरुले बताएका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend