logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल प्रगतिशील मजदुर संघको सक्रियता


  • जन आकाश
  • आइतबार, असार २५ २०७४

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको भातृ संगठन नेपाल प्रगतिशील मजदुर संघको पर्सा जिल्लामा रहेको जिल्ला समिति पुनः सक्रिय गराइएको छ । मिति २०७४।३।१६ गते नेपाल प्रगतिशील मजदुर संघका संयोजक मोहन कार्कीको उपस्थितिमा र नेपाल प्रगतिशील मजदुर संघका इन्चार्ज शंकर चौरसियाको प्रमुख अतिथिमा कार्यक्रम संचालन भई छलफल भएको थियो ।



छलफलमा संगठन विस्तार, संगठनको सदस्यता शुल्क निर्धारण र रिक्त रहेको सचिव पदमा मनोहर चौरसियालाई बैठकमा सर्वसहमतबाट चयन गरेको छ भने पर्सा जिल्ला अध्यक्ष अर्जुन यादव, जिल्ला कार्य समिति सदस्यहरुमा उपेन्द्र कुमार चौरसिया, अमित कुमार महतो, सुरेश शाह तराहा, समोद गिरी, नविन पासवान, अनिल कुमार यादव, सिकन्दरर शाह कानु, रामबाबु चौरसिया विगतमा नै रहेको संगठनलाई पुन सक्रियता गराउनको लागि केन्द्रबाट गएका मोहन कार्कीको संयोजकत्वमा नेपाल प्रगतिशील मजदुर संघको जिल्ला कार्यालय पर्सामा उक्त बैठक सम्पन्न भएको जानकारी जानकारी वीरगञ्जबाट प्राप्त भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend