logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैदेशिक रोजगारको ठूलो भूमिकाः ओली


  • जन आकाश
  • बिहिबार, असार २९ २०७४

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन भोलि हुन गइरहेको सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व श्रम मन्त्री लेखराज भट्टको विशेष आतिथ्यतामा हिजो ‘संयुक्त व्यवसायी समूह’ अन्तिम तथा चुनावी सभा लैनचौर बैंक्युटमा सम्पन्न भएको छ ।
जनसवाल राष्ट्रिय दैनिकको बर्ष १० अंक ३०, २०७४ असार २८ गते बुधबारका दिन प्रकाशित ‘मलेसिया रोजगारीमा सिन्डिकेटको अन्तिम तयारी’ शीर्षकको समाचार गतल, कपोलकल्पित, तथ्यहीन र विपक्ष समूहले गराएको जनाउँदै यसै समूहले पत्रकार सम्मेलन पनि सम्पन्न गरेको थियो । प्रमुख अतिथि केपी शर्मा ओलीद्वारा फुलको गुच्छाले सम्पूर्ण उम्मेदवारलाई व्यक्तिगत स्वागत तथा शुभकामना दिई कार्यक्रमको सुरुवात गरिएको थियो ।
बार्षिक ६० प्रतिशत घरधुरी तथा ५ लाख व्यक्तिले वैदेशिक रोजगारीबाट लाभ लिएको र बार्षिक ७ खर्ब रेमिट्यान्सको रुपमा देशले भित्र्याउने हुँदा अबको दिनमा आफ्नो नेतृत्वले यस व्यवसायलाई मर्यादित, दलाल रहित, कम लागत, सलर, सहज व्यवसायलाई भलाइ कोषको स्थापना गर्ने र समग्र राष्ट्रकै विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षका उम्मेदवार रोहन गुरुङले आफूलाई जिताउन अनुरोध गर्दै सम्पूणलाई स्वागत गर्नुभयो ।
त्यसैगरी ओलीले नेपाल कस्तो बनाउने भनेर लडाई लडिरहेको बेला आर्थिक र रोजगारी क्षेत्रमा यस संघको ठुलो भूमिका रहेको भन्दै देश र लोकतन्त्रको लागि काम गर्न अनुरोध गर्दै गुरुङ्ग नेतृत्वको साथमा एमाले सदा रहेको बताउनुभयो । साथै, वैदेशिक रोजगारहरुको आम्दानीको केही हिस्साबाट स्वदेशमै ठुलो लगानी गरी देश विकासको लागि सहकार्य गर्न सधें तयार भएको जनाउँदै जितको लागि शुभकामना दिनुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend