जन आकाश
काठमाडौं । सरकारले मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रिक्त मुख्य सचिव पदमा सहकारी तथा गरिबी निवारण सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि क्षेत्री उर्जामन्त्रालयको सचिव रहेर काम गरिसकेका थिए ।
मुख्य सचिव रहेका सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिव पदमा सरकारले सचिव क्षेत्रीलाई ल्याएको हो ।
त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend