logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

पशुपति परिसरमा शिवालय भत्काएको भन्दै स्थानीयको विरोध


  • जन आकाश
  • बिहिबार, असार २९ २०७४

काठमाडौं । किरियापुत्री भवन बनाउने भन्दै पशुपतिनाथ मन्दिर परिसरमा रहेको एउटा शिवालय भत्काइएको छ । भत्काएपछि स्थानीयले पशुपति क्षेत्र विकास कोषको आलोचना गरेका छन् । तर, कोषका अधिकारीहरुले भने भत्काइएको संरचना शिवालय नै नभएको दावी गरेका छन् ।
गत शनिबार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनको कार्यकालको अन्तिम दिन थियो । त्यही दिन वनकाली क्षेत्रमा रहेको एक शिवालय छेउमा डोजर पुग्यो र पुरानो शिवालय भत्काउन थाल्यो ।
केही स्थानीयले बिरोध जनाएपनि डोजर रोकिएन । पशुपति क्षेत्रभित्रै डोजर प्रवेश गरेको र पुरातात्विक शिवालय भत्काएको कुरा सुनेपछि डंगोल तत्काल घटनास्थल पुगे । ‘म पुगेर पनि केही गर्नसक्ने स्थिति थिएन । मुचुल्का समेत नउठाई स्थानीयहरु नभएको मौका छोप्दै शिवालय भत्काइएको रहेछ,’ डंगोलले भने, ‘पशुपति क्षेत्रमा डोजर छिराएर त्यति धेरै पुरातात्विक महत्वको शिवालय भत्काउनु क्षम्य अपराध होइन ।’



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend