जन आकाश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार क्षेत्र सुरक्षित, मर्या्दित र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभाव उद्घाटन शत्रमा उनले यस्तो धारणा राखेका हुन् । उनले यो क्षेत्र सधै सम्मानित हुनुपर्ने भन्दै सरकार व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनाए । मुलुकमा रोजगारीको अवस्था नहुँदा धेरै युवा विदेसिनु परेको भन्दै देउवाले यो क्षेत्रले नेपालको अर्थतन्त्रमा टेवा पु¥याएको बताए । उनले नेपाली युवाको सुरक्षित रोजगारीका लागि व्यवसायी र सकावीच समन्वय हुनुपर्नेमा जाड दिए ।
यसैवीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौं आर्मी अफिसर क्लवमा सभाको उद्घाटन गरेका हुन् । करिव साढे ८ सय म्यानपावर व्यवसायी आवद्ध संघको रहेक दुई बर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गरेको छ । निर्वाचनवाट अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सहित करिव डेढ दर्जनको कार्यसमिति निर्वा्चित हुने व्यवस्था छ । हरेक वर्ष करिव ५ लाख युवा विदेश पठाउने म्यानपावर व्यवसायीको यो संस्थामा नेतृत्वका लागि तिव्र प्रतिश्पर्धा हुने गरेको छ ।
सधैझै यसपटक पनि एमाले, माओवादी समर्थित व्यवसायी सहितको संयुक्त, व्यवसायी समूह र काँग्रेस निकट व्यवसायीको समूह आआफ्नो प्यानल सहित मैदानमा छन् । संयुक्त व्यवसायीक समूहवाट रोहन गुरुङ अध्यक्षको उम्मेदवार छन् भने काँग्रेस निकट व्यवसायीको तर्फवाट बिमल ढकाल अध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल संघका वर्तमान अध्यक्ष समेत हुन् भने गुरुङ महासचिव हुन् ।
यो पटकको निर्वाचनमा दुवै टिम शसक्त रुपमा प्रतिश्पर्धामा उत्रिएको छ । गुरुङ नेतृत्वले युवा व्यवसायीलाई उम्मेदवार बनाएको छ भने ढकाल समूहवाट केही पुराना व्यवसायी मैदानमा छन् । दुवै समूहको चुनावी प्रतिश्पर्धा तिव्र देखिएपनि अध्यक्षमा गुरुङ बलियो भएको केही व्यवसायीको दावी छ । उनको प्यानलमा रामप्रसाद भान्तना वरिष्ठ उपाध्यक्षका उम्मदवार छन भने ढकाल समूहवाट प्रज्ञान न्यौपाने वरिष्ठ उपाध्यक्षको उपाध्यक्षमा भिडेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend