logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘स्थानीय तहको अधिकार कटौती गर्ने कानुन एमालेलाई अमान्य’


  • जन आकाश
  • शुक्रबार, असार ३० २०७४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अधिकार कटौती गरे एमालेलाई मान्य नहुने पनि बताए । शुक्रबार सूर्यविनायक नगरपालिकास्थित नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटनमा उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको जिकिर गरे । अध्यक्ष ओलीले भने,‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेको छ, यो एमालेलाई मान्य हुनेछैन् ।’
अधिकार सम्पन्न स्थानीय निकायले मात्रै आफ्नो गाउँपालिका तथा नगर एवं समग्र देशको विकासमा सहयोग पु¥याउने भएकाले सबै राजनीतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । परिषद्मा नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७४र७५ का लागि कुल रु ४८ करोड १० लाख २८ हजारकोे अनुमानित बजेट सार्वजनिक गरे ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend