जन आकाश
काठमाडौं । यो तस्वीर देख्नुभयो ? कहाँ को होला ? शायद तपाइलाई थाहा नहुन सक्छ ? यो हो भृकुटीमण्डपमा यात्रुहरुले आफ्नो गन्तव्य जानलाई सवारी साधन कुरिरहेको तस्वीर हो यो ? विहान कार्यालय समय र साँझ कार्यालय छुट्ने समयमा भृकुटीमण्डपमा मात्र नभएर काठमाडौंको हरेक सार्वजनिक स्थलमा यस्तै भीड लाग्ने गरेको दृष्य देख्न सकिन्छ । सरकारले हिजोदेखी लागु गरेको चक्रपथ भित्र ठूला मालबाहक सवारी साधनलाई केही घण्टा कुदाउन बन्देज गरेपनि यो समस्या ज्यूका त्यू रहेको छ । यसतर्फ सरकार र सम्बन्धित निकायको ध्यान कहिले जाला ?
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend