जन आकाश
गजल
दर्कनेले चुटेको, असार राम्रो छ
असारमा पलाएको, झार राम्रो छ
बस्तु फुस्केर, बाली खान्छकि भनी
छिमेकिले लगाएको, बार राम्रो छ
झम झम झरिमा, हिलो छ्याप्दै
धान रोप्न बाउसे गर्न,टार राम्रो छ
माना छरी मुरि, उब्जाउनको लागि
ज्यदा थकान कामको, भार राम्रो छ
रामभेडाका चिचिला, फल बनेपछी
सिलौटामा साँधेको, अचार राम्रो छ
पारी हेर गैरी गाउँ, वारि मेरो गाउँ
बिचैमा खोला , वार पार राम्रो छ
बैरागी माइला
काठमाडौ बाट
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend