जन आकाश
काठमाडौं । हिजो भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षमा रोहन गुरुङ विजयी हुनुभएको छ । संघको २५ औं साघरणसभाको आज विहान सकिएको मतणनाबाट निर्वतमान अध्यक्ष समेत रहेका विमल ढकाललाई ९३ मतको अन्तरले पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो ।
गुरुङले ४ सय ३४ मत प्राप्त गर्नुभयो भने ढकालले ३ सय ४१ मत प्राप्त गर्नुभएको छ । कार्यसमितिको अन्य अधिकांश पदमा पनि गुरुङको प्यानल विजयी भएको छ । संघको प्रथम उपाध्यक्षमा गुरुङ प्यानलबाट राम प्रसाद भान्तनाले ४ सय ९६ मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्दी प्रज्ञान न्यौपानेले ३ सय १० मत प्राप्त गर्नुभएको छ । महासचिवमा गुरुङ प्यानलबाटै नरेश गेलालले ४ सय ४९ मत प्राप्त गर्दा ढकाल प्यानलका महासचिव पदका उम्मेदवार सुजित श्रेष्ठले ३ सय ७८ मत प्राप्त गर्नुभयो ।
यस्तै सचिवमा गुरुङ प्यानलबाट ईश्वर जिसीले ४ सय मत प्राप्त गर्नुभयो भने प्रतिद्धन्दी बिनोद केसीले ३ सय ६९ मत ल्याउनुभयो । कोषाध्यक्षमा भने ढकाल प्यानलबाट राधिका कटुवाल विजयी हुनुभएको छ । उहाँले ४ सय ४ मत प्राप्त गर्दा गुरुङ प्यानलकी रमिला ताम्राकारले ३ सय ३७ मत प्राप्त गर्नुभयो । गुरुङले एमाले र माओवादी केन्द्र निकट व्यवसायीको संयुक्त प्यानलबाट र ढकालले कंग्रेस र मधेशी दल निक व्यवसायीको संयुक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend