logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मधुवनमा सुशासन, संचार तथा विकास उपसमिति गठन


  • जन आकाश
  • आइतबार, साउन १ २०७४

बर्दिया । सुशासन,प्रेस स्वतन्त्रता, स्थानीय विकास,पर्यटन प्रर्वद्धनमा कृयाशील संस्था प्रेस क्लब नेपाल मुधवन नगरस्तरीय सुशासन,संचार तथा विकास उपसमिति गठन गरेको छ ।
बिनीता भाट संयोजक,सुनिता डांगी उपसंयोजक र रिता भाट,गोमा न्यौपाने,नमिता थापा तथा प्रेमबहादुर थापा सदस्य रहेको उपसमितिले मधुवन नगरपालिकामा सुशासन ,दिगो स्थानीय विकास र प्रेस तथा अभिब्यतिm स्वतन्त्रताको पक्षमा संचार पैरवी गर्नेछ ।
स्थानीय तहका विकास गतिविधिलाई संचार माध्यमद्दारा प्रकाशन,प्रसारण र प्रचारप्रसार गरि सुशासन प्रर्वद्धन र दिगो तथा गुणस्तरीय विकासमा जोड दिदै आएको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले जिल्लाका आठवटै तहमा सुशासन,संचार तथा विकास उप समिति गठन गरि जनप्रतिनिधीहरुलाई विकास कार्यमा अझ बढि हौसला,उत्साह र प्रेरणा प्रदान गरिने पी सी एनका केन्द्रिय अध्यक्ष यमनाथ घिमिरेले बताए।
पत्रकार तथा प्रशिक्षार्थी पत्रकारहरुलाई एक सुत्रमा आबद्ध गर्दे समसामयिक तथा विकास सम्बन्धि कार्यलाई संचार माध्यमद्दारा प्रकाशन एंव प्रसारण गरि विगत १६बर्षदेखि स्थानीय विकासमा योगदान पुरयाईरहेको प्रेस क्लब अफ नेपाल (पी सी एन)ले समाज विकासमा योगदान पुरयाउने संचारकर्मी,नागरिक अगुवा,जनप्रतिनिधी,राष्ट सेवक कर्मचारी ,उधोगी व्यवसायीलाई सम्मान समेत गर्दे आईरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend