जन आकाश
सुभाष परियार
बारबर्दिया । बर्दियाको बार बर्दिया नगरपालिकाका ११वटै वडामा वडा कार्यालय उद्घाटन गरि आईतबारबाट सेवा सुचारु गरिएको छ ।
बार बर्दियाका नवनिर्वाचित मेयर दुर्गाबहादुर थारुले बिभिन्न ठाउमा रहेका ११वटै वडा कार्यालयको उदघाटन गरेका हुन ।
वडा कार्यालयको उद्घाटन गदै नवनिर्वाचित मेयर दुर्गाबहादुर थारुले सबै जनताको साझा प्रतिनिधि जन चाहना बमोजिम विकास निर्माण कार्यमा सशक्त र प्रभावकारी रुपले आफु अघि बढने बताए ।
माओवादी केन्द्रबाट चुनाव लडि आफु बिजयी भएपनि विकासका सवालमा दलिय भेदभाव नगरी अघि बढ्ने उनले बताए । उनले जनताले चाहेको अधिकार बल्ल प्राप्त भएकाले आफना अधिकार प्रत्याभूतका लागी हातेमालो गर्नुको विकल्प नरहेको धारणा राखे । जनताहरु लाई सर्वसुलभ र छिटोछरितो सेवा प्रदान गर्न नवनिर्वाचित पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन पनि दिए।
स्थानीय विकास मन्त्रालयले फागुन २४ गते जारी गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धीमा जारी गरेको आदेशानुसार वडाले विकास निर्माणका काम सञ्चालनदेखि विभिन्न ३७ किसिमका सिफारिस गर्नेछन् । आफ्नो वडाभित्रको योजना तर्जुमा, कार्यान्वनय र अनुगमनको काम वडा आफैंले गर्नेछ । नयाँ संरचनाअनुसार यसअघि गाविस वा नगरपालिकाले प्रदान गर्दै आएका सेवाहरु अब वडाबाट प्रदान गरिने छ भने जिल्ला, अञ्चल र क्षेत्रले दिएका सेवा गाउँ वा नगरपालिकाको केन्द्रबाट प्रदान गरिनेछ ।
प्रतिनिधिले छनोट गरेका विकास योजना सम्झौता गर्ने, कामको आधारमा निकास गर्ने, गुणस्तरहीन काम गरे सच्याउन लगाउने सम्मको अधिकार वडाले गर्न सक्ने छ।
आफ्नो क्षेत्रभित्रका विभिन्न किसिमका तथ्यांक संकलन तथा व्यवस्थापनको जिम्मा पनि वडा कार्यालयलाई दिइएको छ । घर परिवारको तथ्यांक, मठ मन्दिर, कुलो, बाटो, खाली चौर, सामुदायिक वन, ऐलानी जग्गाको विवरण वडा स्वयमले गर्नेछ ।
शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी जस्ताका विकासका पूर्वाधारको व्यवस्थापनको जिम्मा पनि वडाले पाउन आदेशमा उल्लेख छ । कुनै पनि सरकारी कामका लागि चाहिने सिफारिस वडाले प्रदान गर्नेछ । नाता प्रमाणित, नागरिकता लिनका लागि सिफारिस, जन्म दर्ता, विवाद दर्ता, घरबाटको सिफारिस, मिलापत्र गराउने सिफारिस वडा कार्यालयले दिनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend