जन आकाश
शीला दहित
राजापुर । कमैया महिला जागरण समाज कमासु दिगो विकास समाजको आयोजनामा बर्दियाको गुलरिया र राजापुरमा छुट्टाछुटटै कार्यक्रम गरि १८ औं मुक्त कमैया दिवस मनाईएको छ । सरकारले कमैयाहरुलाई मुक्त घोषणा दिन साउन २ गते सम्झदै मुक्तकमैयाहरुको सहभागितामा उनीहरुले दिवस मनाएका हुन्। पुनस्र्थापना, स्वास्थ्य, शिक्षा र रोजगार सम्पूर्ण मुक्त कमैयाहरुको सरोकार भन्ने नारासहित दिवस मनाईएको हो ।
कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारुले मुक्ति भएको १७बर्ष पुग्दा पनि सरकारले सम्पुर्ण मुक्त कमैयाहरुलाई पुनस्र्थापना गर्न नसकेको भन्दै आपत्ति जनाएका छिन्। उनका अनुसार अझै पनि धेरै मुक्त कमैयाहरुले पुर्जा , जग्गा किन्ने पैसा,परीचय पत्र, घर निर्माणको लागि सरकारबाट पाउनुपर्ने काठ समेत प्राप्त गर्न बाँकी रहेको छ ।
कमैयाहरु पूर्ण रुपमा पुनःस्र्थापना हुन नसक्दा कमैयाहरुले वास्तविक रुपमा मुक्तिको अनुभूती लिन नपाएको गुनासो गर्दै सरकारले मुक्तकमैयाहरुप्रति बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन्। बर्दियामा अझै १ सय ७७ जना मुक्तकमैया पुर्नस्थापना हुन बाँकी रहेको मुक्त कमैया पुर्नःस्थापना केन्द्रका केन्द्रीय सदस्य एवं कमासु दिगो विकासका अध्यक्ष बिन्तिराम थारुले बताए।
राजापुर नगरपालिकाका नव निर्वाचित मेयर शिवप्रसाद थारु,कंग्रेस नेता एंव वडा न ४ंका अध्यक्ष रमण रेग्मी ,एमाले नेता पहारी थारु लगायतले बर्दियाका सम्पुर्ण मुक्त कमैयाहरुको निम्ति आफुहरुले सरकारसंग आवश्यक पहल गर्ने बताए।
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा रहेका सम्पूर्ण मुक्त कमैयाहरुलाई कमैयाहरुलाई २०५७ साल साउन २ गतेका दिन सरकारले मुक्त भएको घोषणा गरेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend