logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

करेन्ट लागेर रामेछापमा २ जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, साउन ३ २०७४

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ५ नामाडीमा सोमबार साझ करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । करेन्टबाट ४६ बर्षकी सर्मिला खड्का र ३५ बर्षका रेवती खड्काको मृत्यु भएको हो । मृतक रेवती खड्काकी श्रीमती भिमकुमारी खड्का गम्भीर घाइते भएकी छन् ।
११ सय केवी विद्युत प्रसारण लाइनबाट पोल हुदै प्रबाह भएको करेन्ट पानी परेका कारण बाटोमा समेत प्रबाह भएको र त्यही बाटो घाँस बोकेर जाने क्रममा उनीहरुलाई करेन्ट लागेको बताइएको छ । घाइते भिमकुमारी खड्काको पनि अवस्था बिग्रदै गएको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । करेन्ट लागेर गम्भीर भएका उनीहरुलाई जिरी अस्पताल दोलखा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend