जन आकाश
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना हुनु भएको छ । उहाँलाई मुटुमा समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।
शाह आज विहान भर्ना हुनुभएको हो । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उहाँलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ । ‘धेरै सिरियस होइन । नियमित चेकजाँच गर्ने क्रममा मुटुका धमनीहरुमा केही अवरोध देखिएको छ’ चिकित्सकहरुको भनाइ उदृत गर्दै स्रोतले भनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend