logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आफूअनुकूल ठाउँमै मतदाता नामावली दर्ता गर्न पाइने


  • जन आकाश
  • बुधबार, साउन ४ २०७४

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनलाई मतदाताको अनुकूल बनाउने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले निर्वाचन मिति घोषणा नभएसम्म सबै जिल्ला स्थानीयलाई र बाह्य जिल्लाका मतदातालाई पनि फोटोसहितको मतदाता नामावली संकलनमा भाग लिने व्यवस्था गर्ने भएको हो ।



यसअघि ७५ जिल्लाबाट मात्रै मतदाता नामावली संकलन सहभागी हुने व्यवस्था गरिएको थियो । त्यसैगरी साउन १६ गतेदेखि ७४४ स्थानीय तहबाट पनि मतदाता नामावली संकलन अभियान साउन ३२ गतेसम्म सञ्चालन गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यस्तो छ आयोगको विज्ञप्ति

आयोगको मिति २०७४–०४–०३ गते बसेको बैठकले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँपालिका तथा नगरपालिका स्तरसम्म पु¥याई सुगम तथा प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मतदाता दर्ता कार्यक्रमलाई सुगम र प्रभावकारी बनाउनको लागि यस अघि ७५ जिल्लास्थित क्षेत्रीय(जिल्ला निर्वाचन कार्यालयहरूमा २०७४(०४(०१ देखि १५ गतेसम्मको लागि मात्र दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा आयोगको आजको निर्णयबाट सो कार्यक्रमलाई थप परिमार्जन गरी स्थानीय तहसम्म पुगी सञ्चालन गर्ने,

जिल्ला सदरमुकाम रहेको स्थानीय तहको हकमा सम्बन्धित क्षेत्रिय(जिल्ला निर्वाचन कार्यालयहरूमा २०७४–०४–०१ देखि सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्यक्रमलाई निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गरिरहने र बाँकी अन्य सबै स्थानीय तह –गाउँपालिका (नगरपालिका) को कार्यालयहरूमा मिति २०७४(०४(१६ गतेदेखि मिति २०७४–०४–३२ गतेसम्म मतदाता नामावली दर्ता संकलन गरी नामदर्ता कार्यक्रम सञ्चालन गर्नेे ।

साथै आयोगका क्षेत्रीय जिल्ला निर्वाचन कार्यालयहरूमा बाह्य जिल्ला दर्ता कार्यक्रम पनि निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गर्ने र मिति २०७४–०४–१६ देखि २०७४–०४–२० सम्म गर्ने भनिएको मतदाता नामावली दाबि बिरोध (अद्यावधिक) कार्यक्रम निर्वाचनको मिति घोषणा भए पश्चात मात्र गर्ने गरी व्यवस्थापन गर्ने समेत आयोगले निर्णय गरेकोछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend