जन आकाश
बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले सकारात्मक काममा स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधीहरुलाई असहयोग गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने चेतावनी दिनु भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय बर्दियाले स्थानीय तहमा नवनिर्वाचित प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्षको स्वागतार्थ आयोजना गरेको कार्यक्रमलाई सदरमुकाम गुलरियामा प्रमुख अतिथिको को रुपमा सम्बोधन गर्दे प्रमुख जिल्ला अधिकारी थापाले विकास निर्माणका काममा जनप्रतिनिधिहरुलाई असहयोग गर्ने ,उनीहरुको काममा हैरानी गराउने राष्ट्रसेवक कर्मचारीलाई आफु ,सरकार र जनता कसैले पनि नछाडने बताए ।
जन प्रतिनिधीहरु नंया हुनुहुन्छ ,उंहाहरुलाई ऐन,कानुन र नीति नियम थाहा नहुन पनि सक्छ त्यसैले नेपाल सरकारले नीति नियम बमोजिम काम गर्न गराउन स्थानीय तहमा खटिएका कार्यकारी अधिकृत र कर्मचारीहरुले सकारात्मक भुमिका खेलि पुरा सहयोग गर्नुपर्छ ः उनले बताए।
लामो समयसम्म जनताको नासो सम्हालेर कर्मचारीहरुले जस्ताको तस्तै जनताको नासो जनप्रतिनिधीहरुलाई सुम्पिएकोमा बताउदै प्रमुख जिल्ला अधिकारी थापाले स्थानीय निकायलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर काम गर्नुपर्ने धारणा राखे ।
स्थानीय विकास अधिकारी तेजराज शर्माको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमलाई गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादव,बार बर्दिया नगरपालिकाका प्रमुख शालिकराम अधिकारी,बढैया ताल गाउपािलकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,बांसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी , जिल्ला प्राविधक कार्यालयका ईन्जिनियर हरिप्रसाद शर्मा,गैसस महासंघ बर्दियाका अध्यक्ष बिष्णु तिमल्सिना र जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत पार्वती शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बिभिन्न, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,सरकारी गैर तथा सरकारी निकायका कर्मचारी,संचारकर्मी ,नागरिक अगुवा,बुद्धीजीवीहरुको सहभागिता थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend