logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नायब सुब्बा ज्ञवाली उत्कृष्ट कर्मचारीमा पुरस्कृत


  • जन आकाश
  • शुक्रबार, साउन ६ २०७४

यम घिमिरे



बर्दिया । जिल्ला समन्वय समितिको योजना तथा बैठक ब्यवस्था फांटका नायब सुब्बा ओमप्रसाद ज्ञवालीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत एंव सम्मान गरिएको छ । स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधिहरुको स्वागतार्थ आयोजित कार्यक्रममा ज्ञवालीलाई सम्मान गरिएको हो ।

आर्थिक बर्ष २०७३ ÷७४मा समन्वय समितिमा कार्यरत ५० कर्मचारी मध्ये उत्कृष्ट कार्य गरेका ज्ञवालीलाई बिहीबार गुलरियामा एक कार्यक्रमका बीच बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले नगद रु पांचहजार ,प्रमाण पत्र प्रदान गरि एंव दोसल्ला ओढाई सम्मान गरेका हुन।

२०२० सालमा गुल्मीको रुरु ३मा जन्मि हाल गुनपा ५ सुहेलवामा बस्दै आएका ५३बर्षीय ज्ञवाली २०४६सालमा जिल्ला पंचायत बर्दियाको सचिवालयमा मुखिया पदबाट जागीर शुरु गरि स्थानीय विकास अधिकारी भुवनेश्वर अर्यालको पालामा नायब सुब्बामा बढुवा भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend