logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भदौ २१ गते उम्मेदवारी दर्ता


  • जन आकाश
  • शुक्रबार, साउन ६ २०७४

काठमाडौं । प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने भएको छ । असोज २ गते हुने चुनावका लागि निर्वाचन आयोगले हिजो निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार भदौ २१ गते विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय छ । त्यही दिन साँझ साढे ५ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ भने २२ गते उजुरी र त्यसमाथि छानविन हुनेछ ।
२३ गते उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित हुनेछ । त्यही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend