logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सबै दल एकजुट हुनुपर्छ


  • जन आकाश
  • मंगलबार, साउन १० २०७४

नेपालमा प्रजातन्त्र स्थापना भएपछि सबैभन्दा धेरै पटक प्रधानमन्त्री हुनु भएका सूर्य बहादुर थापा जीवित नरहेता पनि राष्ट्रलाई जटिल मोडमा निकास निकाल्न ‘कुइक डिसिजन’ गर्न सक्ने क्षमताका प्रधानमन्त्री भन्ने गरिन्थ्यो । अहिले तिनै सूर्य बहादुर थापाका छोरा सुनिल बहादुर थापा पनि निक्कै चर्चामा रहनु भएको छ । सुनिल बहादुर थापाले धनकुटा जिल्लाबाट प्रत्यक्ष निर्वाचनमा समेत जित्दै आउनु भएको साथै उहाँले आपूर्ति मन्त्रालय समेत सम्हालेर मन्त्रीको जिम्मेवारी समेत पूरा गर्दै राष्ट्रिय राजनीतिमा केन्द्रमा नै रहनु भएको छ । अहिले पछिल्लो राजनीति घटनाक्रमसँग सम्बन्धित विषयसँग हामीले तीन प्रश्न राखेका छौं उहाँको उत्तर यसप्रकार छ ।
० पछिल्लो राजनीति घटनाक्रमलाई कसरी लिनु भएको छ ?
सबैभन्दा राम्रो पक्ष धेरै बर्षसम्म हुन नसकेको स्थानीय निर्वाचन सम्पन्न भएको छ । २ नं. प्रदेश बाहेक अन्य क्षेत्रमा निर्वाचन सम्पन्न भइसकेको छ । २ नं. प्रदेशको निर्वाचन सम्पन्न गर्न चुनौतीको रुपमा राजनीतिक पार्टीहरुलाई पनि दबाब बढेको छ । उतापटी जनता पार्टीका मुलभूत मुद्धाहरु छन् ती मुद्धाहरु सम्बोधन नगरिकन निर्वाचनमा भाग नलिने अडान उसले लिएको छ । पहिलो कुरा यो २ नंं प्रदेशको चुनावलाई कसरी सम्पन्न गराउने तराइवादी दलहरुलाई कसरी विश्वासमा लिने मूभूत विषय छन् भने दोश्रो सीमा निर्धारण आयोग गठन भयो यो स्वागतयोग्य छ । तर जुन समय दिएको छ । त्यो समय अवधि नै अपुग हुन्छ कि भन्ने मलाई लाग्छ किनभने देशको समग्र दीर्घकालीन सम्म असर र प्रभाव पर्ने हुनाले गहन अध्ययन र छलफल गर्नको लागि पर्याप्त समय दिनुपर्ने थियो त्यसो नगरेको देखियो भने अर्को सिमा निर्धारण आयोगले काम गर्दै गर्ने र अर्कोतर्फ प्रादेशिक निर्वाचन पनि हुने हुँदा कतै सीमा निर्धारण कै विषयलाई तराइवादी दलहरुले फेरी पुनः समस्याको रुपमा लिँदैनन् भन्ने आशंका पनि जन्माएको छ ।
० राप्रपाभित्र विवादको चुचुरो बढ्दै गएको छ । पशुपति शमशेर राणाले पार्टी फुटाउने हल्ला बजारमा आएको छ । प्रकाशचन्द्र लोहनीले अर्को पार्टी खोलिसक्नु भएको छ । यसको वास्तविकता के हो ?
पार्टीहरु एकताबद्ध हुँदाखेरी एकताको आभाष पार्टीमा हुनुपर्छ यो व्यवहारिक सिद्धान्त हो । कुनै बेला जनशक्ति पार्टी र राप्रपा एकताको लागि घोषणा भएको ३ वर्षपछि बल्लतल्ल एकता भयो । यो अहिले राप्रपा नेपाल र राप्रपाको के भइदियो भने मेजर फ्याक्टर माघमा एकता गर्ने घोषणा ग¥यौं फागुनमा हामीले महाधिवेशन नै सम्पन्न ग¥यौं । त्यसको लगत्तै स्थानीय चुनाव पनि भयो त्यसकारण यसको सिक्वेन्स यसको एकताको प्रक्रियागत तरिकाहरु पूरा गर्न पाएका छैनौं त्यो हुँदाहुँदै पनि ऐतिहासिक महाधिवेशन पछि ऐतिहासिक रुपमा नै अगाडी बढीरहेका छौं । त्यो पार्टीहरुभित्र दुईधार समस्याहरु पार्टी फुट्ने जुट्ने काँग्रेसमा पनि छ एमालेमा पनि छ । माओवादीमा पनि छ । त्यो भन्दैमा हाम्रोमा त्यस्तै हुनुपर्छ भन्ने होइन उनीहरुलाई देखाएर तर जे जति विसंगति पार्टीभित्र निस्कियो नेतागणहरुमा निस्क्यो यसविषयमा हाम्रा केन्द्रीय अध्यक्षज्यूले केके कहाँकहाँ समस्या आएको हो त्यो समस्यालाई संवादबाट सावधान गर्नु यो मेरो जिम्मेवारी हो । मलाई लाग्छ पशुपति शमशेर जंगबहादुर राणालाई भेटेर उहाँको ‘डिमाण्डजेज’हरुलाई कहाँ कसरी सम्बोधन गर्ने भनेर सम्बोधन अध्यक्षले गर्नुहुन्छ र पशुपति शमशेर राष्ट्रिय राजनीतिको त्यत्तिको जिम्मेवार, नेताले बजारमा आएको जस्तो पार्टी फुटाउनु हुन्छ जस्तो मलाई लाग्दैन र मलाई विश्वास यो लाग्छ दुबै जिम्मेवार नेताहरु बसेर निकास निस्कन्छ भन्ने लागेको छ ।
० नेपाल अझै संक्रमणकालीन अवस्थामा छ संविधान कार्यान्वयन भइसकेको छैन । देशका जिम्मेवार नेताहरुले के गर्नुपर्ला ?
सबै राजनीतिक पार्टीका जिम्मेवार नेताहरुले बुझ्नु पर्छ अहिलेको समसामयिक राजनीतिक अवस्था के हो ? अन्तर्राष्ट्रिय परिस्थिति के हो ? हामी कुन गन्तव्यमा जान खोजेका छौं । त्यसमा स्पष्ट हुनुपर्छ । हाम्रो अहिलेको गन्तव्य भनेको स्थानीय तहको पूर्ण निर्वाचन सम्पन्न गर्ने, दोश्रो प्रदेशको निर्वाचन र संघीय गणतन्त्र प्रतिनिधि सभाको निर्वाचन गर्नु नै सबैको राजनीतिक पार्टीको लक्ष्य हुनुपर्छ । तर राजनीतिक पार्टीहरुबीचमा यी साझा मुद्धाहरुमा फरक परिराखेको छ । त्यसले राष्ट्रलाई कमजोर बनाउँछ । त्यसकारण मेरो व्यक्तिगत धारणा के छ भने सबै राजनीतिक पार्टीहरु मिलेर संविधान कार्यान्वयन गर्न तीन तहको निर्वाचन सम्पन्न गर्न सबै दल एक हुनुपर्छ जसले गर्दा हाम्रो राष्ट्रियता बलियो हुन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend