logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्लोबल आइएमईमा खाता खोल्नेलाई एक लाखको बीमा


  • जन आकाश
  • मंगलबार, साउन १० २०७४

काठमाडौं । ग्लोबल आइएमई क्यापीटलले नयाँ हितग्राही खातासँगै निःशुल्क सामूहिक व्यक्तिगत दुर्घटना बीमा प्रदान गर्ने भएको छ । यस योजना अन्तर्गत क्यापीटलले नयाँ खाता खोल्ने र खाता नविकरण गर्ने ग्राहकलाई १ लाख रुपैयाँको दुर्घटना बीमा सित्तैमा गरिदिने भएको हो ।
यो योजना साउन ८ गते देखि खोलिने खाताहरुमा लागु हुनेछ । सोको लागि ग्लोबल आइएमई क्यापीटल र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमा खोलिने सम्पूर्ण हितग्राही खाताहरुमा निम्न बमोजिम लागू हुने क्यापिटलले जनाएको छ ।
यस क्यापिटलले मर्चेन्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई क्यापीटलले मर्चेन्ट बैंकिङ्गका सेवाहरु निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिस्ट्रार, अण्डर राईटी, निक्षेप सदस्य, पोर्टफोलियो व्यवस्थापन र योजना ब्यवस्थापक अन्तर्गत १ अर्ब रुपैयाँ बराबरको कोष व्यवस्थापन गर्दै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend